सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको परकम्प गएको छ।
आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो।
आइतरबार गएको पराकम्प काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो। भूकम्प मापन केन्द्रले यो २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प भनेको छ।भुकम्पपछि केहि स्थानीयहरु एकाएक घरबाहिर निस्केका थिए ।