फिल्म गोपीको ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउतको मुख्य अभिनय रहेको फिल्मको सार्वजनिक ट्रेलरमा एक गाईपालकको कथा देखाइएको छ।
विशेषगरी शिक्षित युवाले विदेशको अभिलाषा त्यागेर आफ्नै देशमा गाईपालन गर्दै आफ्नो भविष्य निर्माण गर्न खोजेको कथा ट्रेलरमा देखाइएको छ।
विपिन, सुरक्षा र वर्षाका साथ फिल्ममा अंकित खड्का, भोला सापकोटा, कुन्ति सिमली, हिउँबाला गौतम, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशव राई, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ।
आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। फिल्ममा सामीप्यराज तिमल्सिनाको पटकथा तथा शैलेन्द्र डी कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।
आरोही केसीको निर्माण रहेको फिल्ममा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताका रूपमा रहेका छन्।
फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरको शब्दमा तयार गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा शिव परियार, धुर्व बिस्को, एन्जिला रेग्मीलगायतको स्वर सुन्न सकिन्छ।
फिल्म यही माघ १८ बाट प्रदर्शनमा आउने छ।