माकलबारीको कारोबार दुई करोड

0
706

 

माकलबारी बचत तथा ऋण सहकारी संस्था लि स्थापनाको आठ वर्षमा आइपुग्दा रु दुई करोड १३ लाख ४ सय ७३ करोबार गर्न सफल भएको छ ।

यहाँ आयोजित आठौँ साधारणसभाका अवसरमा संस्थाको सेयर पुँजी रु ३२ लाख ४४ हजार २००, यस वर्षको नाफा रु १६ लाख २३ हजार ५७६ र ऋण लगानी रु एक करोड ६० लाख ७४ हजार ८०६ रहेको सो अवसरमा संस्थाका अध्यक्ष उदय सापकोटाले जानकारी दिनुभयो । संस्थामा हाल ३६८ जना सेयर सदस्य रहेका छन् ।

साधारणसभाको उद्घाटन गर्दै काठमाडौँं वचत तथा ऋण सहकारी संघका अध्यक्ष केषवप्रसाद दंगालले सहकार्यमार्फत सहकारीको विकास गर्नुपर्ने बताउँदै सहकारी संस्थाहरू पारदर्शी हुनुपर्ने बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका–४ का वडा अध्यक्ष कुमार श्रेष्ठले सहकारी नाफामुखी मात्र नभइ सामाजिक काममा पनि ध्यान जान जरुरी रहेको बताउनुभयो ।