स्याङजा, स्याङ्जामा प्रधान कार्यालय रहेको सूर्योदय लघुबित्त बित्तीय संस्था लिमिटेडको छैटौं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा गण्डकी प्रदेशका निती तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा बित्तिय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरे मात्र सम्मृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउने बताए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी, स्वतन्त्र बित्तीय बिज्ञ दुर्गाबहादुर शाह (बाबा), शेयर सदस्य मिनप्रसाद गुरुङ्, गरिमा विकास बैंकका संचालक समिति सदस्य बिमल पाण्डे, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द शर्मा, सूर्योदय लघुबित्त संचालक समिति सदस्य गुणाखर सापकोटा, कम्पनी सचिव सूर्य पौडेल लगायतले ग्रामिण क्षेत्रका महिलाका जीवन स्तरमा सुधार ल्याउने उदेश्य समित स्थापित लघुबित्तलाई मुलुककै नमूना लघुबित्त बनाउनेमा प्रतिवद्धता जनाए ।
सूर्योदय लघुबित्त बित्तिय संस्था लिमिटेडका अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य गुणाखर सापकोटाले स्वागत एवं कम्पनी सचिव सूर्य पौडेलले संचालन गरेका थिए ।
साधारणसभाले ०७४÷०७५ को बार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०७५÷०७६ का लागि लेखा परिक्षक नियुक्ति, पब्लिकतर्फका एक जना संचालक समिति सदस्य निर्वाचित गरेको छ ।
लघुबित्तको अधिकृत पूँजी १५ करोड, जारी पूँजी १० करोड ७९ लाख १९ हजार र चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैंया रहेको छ । लघुबित्तको साधारणसभाले शेयर सदस्यलाई ४२ दशमलब ७५ प्रतिशत बोनस शेयर र बोनस शेयर पश्चात ५० प्रतिशत हदप्रद शेयर जारी गर्दै १६ करोड १८ लाख ८७ हजार ५ सय चुक्ता पुजी बनाउने भएको छ । लघुबित्तले बिगतमा रहेको संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर संरचनालाई परिवर्तन गर्दै संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ प्रतिशत बनाउने निर्णय गरेको छ ।
जिल्लाकै सबैभन्दा बढी बढी आयकर बुझाउने र लाभांस बितरण गर्ने संस्था सहित उत्कृष्ठ प्रमुख कार्यकारी अधिकृतका रुपमा मोक्षप्रसाद पंगेनीलाई सम्मान गरिएको छ ।
२०७० सालमा असार ६ गते पुतलीबजार बजार १ मा प्रधान कार्यालय स्थापनागरी बैकबाट घ बर्गको इजाजत प्राप्त छ । २३ जिल्ला स्याङ्जा, मुस्ताङ, मनाङ, गोरखा, म्याग्दी, कास्की, लमजुङ, बाग्लुङ पर्वत, तनहुँ, रोप्ला प्यूठान, गुल्मी, पाल्पा, पूर्व नवलपुर, पश्चिम नवलपुर, अर्घाखाची, सल्यान, दाङ, बर्दिया, बाके, कपिलबस्तु र रुपन्देहीमागरी ४८ शाखा बिस्तार भएको छ ।