संविधानमै व्यबस्था गरेको समनताका हकलाई स्थानिय तहसम्म सुनिश्चित गर्न जोड

0
878

चाँदनी आचार्य

कैलाली, लैंगिक समानता नीति सम्वन्धि २ दिने कार्यशाला गोष्टि आज देखि कैलालिको घोडाघोडि नगरपालिका सुखडमा शुरु भएको छ ।   कार्यशालामा आरेक नेपालका संस्थापक अध्यक्ष एवम महिला अधिकार कर्मि डाक्टर रेनु राजभण्डारि अधिकारिले  संविधानमै व्यबस्था गरेको समनताका हकलाई स्थानिय तहसम्म सुनिश्चित गर्न स्थानिय सरकारले सामाजिक न्यायमा आधारित हानिकारक परम्परा वा विभेदमुक्त स्वस्थ्य समृद्द नगरपालिकाको परिकल्पनाका साथ नीति वनाउनुपर्ने  बताएकि छन् । समूह समुहमा छलफल र सहकार्य गरिएको उक्त कार्यशालामा स्थानिय सरकारले नीति तथा कार्यक्रम वनाउदा र कार्यन्वयन गर्दा लैंगिक समानतालाइ विशेष ध्यानदिनुपर्ने बताईएको छ । परम्परागत सोच,रुढिवादि चिन्तन,ज्ञानको अभावले सामाजिक लैंगिक विभेद कायम रहेको र जनप्रतिनिधि ले चुनौतिलाई अवसरकारुपमा लिई, ब्याक्तिगत स्वार्थवाट माथि उठि सकरात्मक सोच र संकल्पकासाथ काम गर्नसके नगरपालिकाको परिकल्पना वा नीतिले सार्थकता पाउने कार्यशालामा वताईएको छ ।महिला पुर्नस्थापना केन्द्र  ओरेक नेपाल को आयोजना र घोडाघोडि नगरपालिकाको समन्वयमा संचालित उक्त कार्यशालामा नगरपालिकाका उपमेयर,वडा अध्यक्ष, महिला सदस्य लगायत अन्य संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेका छ । कार्यशाला भोलि सम्म संचालन हुने  बताईएको छ ।