अन्नपुर्ण गाउँपालिका ३ मा क्षमता अभिबृद्धि तालिम शुरु ,आर्थिक रुपमा महिला सवल र सक्षम हुनुपर्छ : उपप्रमुख गुरुङ

११ पुष २०७५, बुधबार

पोखरा  । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ सम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् । अन्नपूर्ण गाँउपालिका वडा नम्वर ३ ले आयोजना गरेको महिलारुको क्षमता भभिबृद्धि तथा उद्घोषण तालिमको उद्घाटन गदै उपप्रमुख गुरुङले आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म महिलाहरु हिसांमा परिरहेन भन्दै अव आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् । उनले राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकिएकाले आर्थिक क्रान्तिमा लाग्नुपर्ने बताइन् । नेपालको संविधानमा महिलाका धेरै अधिकार लेखिएको बताउदै अव प्राप्त अधिकारका बारेमा महिलाहरुले जानकारी दिनुपर्ने र त्यसको उपयोग गर्नुपर्ने बताइन् । उनले देशको विकासमा महिला पुरुषको समान सहभागीता हुनुपर्नेमा जोड दिइन् । उनले महिलाहरुले कानुनी ज्ञान नहुदाँ समेत पछाडी परेको बताइन् । महिलाहरुलाई संविधानमा भएका कानुनी ब्यवस्थाका बारेमा समेत स्थानीय तहहरुले सचेत बनाउनुपर्नेमा जोड दिइन् । देशमा नयाँ कानुन आएको छ, तर त्यसका बारेमा धेरै अनविज्ञ छन्, त्यसको बारेमा जानकारी गराउनुपर्छ । कार्यक्रममा अन्नपूर्ण गाँउपालिकाका उपप्रमुख सगुन गुरुङले महिलाहरुको क्षमता अभिबृद्धि कार्यक्रमले आफना कुराहरु सम्वन्धि ठाँउमा राख्न सक्ने हुनुपर्ने बताइन् । उनले सिकेका कुरालाई ब्यवहारमा लागु गर्न समेत आग्रह गरिन् ।कार्यक्रम संयोजक कमला केसी, अन्नपूर्ण गाँउपालिका वडा नम्वर ३ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, नेकपाका प्रतिनिधि फणिन्द्रप्रसाद पौडेल, नेपाली काँग्रेसका प्रतिनिधि मोतिलाल पौडेल, वडा सदस्य रामजीप्रसाद पौडेल, लक्ष्मी दाहाल लगायतले बोलेका थिए । चार दिनसम्म संचालन हुने तालिमलाइ क्रियाशिल पत्रकार महिला समुह कास्कीका अध्यक्ष सरिता तिमिल्सिना पंगेनी र रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले सहजीकरण गर्ने छन् ।

Leave a Reply