नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाद्वारा राजीनामा

१२ पुष २०७५, बिहीबार

 

 

काठमाडौँ, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिनुभएको छ ।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराउनुभयो ।

झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नै आफ्नो राजीनामा माग भएकाले नैतिकताका आधारमा राजीनामा दिएको रासससँग बताउनुभयो ।

झालाई अध्यक्ष पदबाट हटाउन नेकपाभित्रबाट सरकारलाई दबाब दिइएको थियो । “मेरो कारणले प्रधानमन्त्री र सञ्चारमन्त्रीमाथि नै अशोभनीय र अनावश्यक टीकाटिप्पणी भयो”, उहाँले भन्नुभयो, “मेरो चरित्रमाथि नै आँच आउने काम हुन थालेपछि नैतिकताको उच्च सम्मान गर्दै राजीनामा दिएको हुँ ।”

झा विसं २०६९ मा पहिलोपटक र विसं २०७४ मङ्सिरमा दोस्रोपटक म्याद थपिएको थियो । पुनःउहाँलाई गत भदौ २१ गते मन्त्रिपरिषद्को निर्णयबाट चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको थियो ।

 

Leave a Reply