नेपाल प्राध्यापक सङ्घ विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखरा, एकाईको सभापतिमा अम्बिकाप्रसाद भट्टराई निर्विरोध निर्वाचित

१२ पुष २०७५, बिहीबार

 

 

पोखरा, नेपाल प्राध्यापक सङ्घ विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखरा, एकाईको सभापतिमा अम्बिकाप्रसाद भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ ।
उपसभापतिमा श्यामप्रसाद पौडेल, सचिवमा डा काशीनाथ कँडेल, सहसचिवमा डा भोलानाथ रेग्मी, कोषाध्यक्षमा रविभक्त बराल एवम् सदस्यद्वयमा रविभक्त बराल र भानुभक्त आचार्य रहनुभएको छ ।

अधिवेशनले नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका लागि डा भोलानाथ रेग्मी र आनन्दमणि रिजाललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ । निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक राधाकृष्ण गैरेले आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
–––

 

Leave a Reply