ब्राउन सुगरसहित दुई पक्राउ

१३ पुष २०७५, शुक्रबार

इलाका प्रहरी कार्यालय कोहलपुरले आज साढे १२ बजे ९ ग्राम ब्राउन सुगर सहित दुईलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित निर्माणाधिन अवस्थामा रहेको बसपार्कमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको होे । पक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका–७ एमपी स्कूल टोलमा बस्ने १९ वर्षिय साहिद खान र १८ वर्षिय सद्दाब खान रहेका छन् ।

Leave a Reply