मानवीय क्षतिका दृष्टिले वर्ष २०१८
सन् २०१८ मानवीय क्षतिका दृष्टिले नेपाल र नेपालीका दुःखद वर्ष बन्न पुग्यो ।
विमान दुर्घटनासँगै यही वर्ष भ्रमणमा हिँडेका सहकारीकर्मी, विद्यार्थी, काम विशेषमा हिँडेका एकै ठाउँमा काम गर्ने मजदूर, एउटै गाउँका स्थानीयवासी सवार गाडी दुर्घटनामा परेर थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भयो ।
एउटै घरमा पुरिएर एकै परिवारका सदस्यले समेत अनाहकमा ज्यान गुमाउनु प¥यो सन् २०१८ मा । सडकको नाजुक अवस्था, चालकको लापरवाही, तीव्र गति, ओभरटेक लगायतका कारण सडक दुर्घटना हुने गरेका छन् ।
सबैभन्दा कहालिलाग्दो घटनाको रुपमा यो वर्ष बङ्गलादेशबाट आएको युएस एयर–बङ्गला विमान दुर्घटना भयो । गएको फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको थियो । यो वर्षकै सबैभन्दा ठूलो दुर्घटना बन्न पुग्यो ।
यही पुसमा दाङको घोराहीस्थित शहीद कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका विद्यार्थी चढेको गाडी सल्यान भ्रमणबाट फर्कने क्रममा तुलसीपुरमा दुर्घटना हुँदा शिक्षक–विद्यार्थी गरी २३ जनाको निधन भयो । दाङमै मङ्सिरमा चितवनबाट बेहुली लिएर बाँकेको शमशेरगञ्ज फर्कंदै गर्दा चाँडै घर पुगेर दुलही भित्र्याउने तयारी गर्न भनी जीपमा अगाडि हिँडेका दुलाहाका बाबुआमासहित छ जनाको दुर्घटनामा मृत्यु भयो ।
त्यस्तै, दुर्घटना मङ्सिरमा नुवाकोटमा पनि भयो । नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङ्फेदीमा तामाङ जातिको मृत्यु संस्कारमा सहभागी भएर फर्कने क्रममा मिनिट्रक दुर्घटनामा एकै गाउँका २० सर्र्वसाधारणले ज्यान गुमाउन पुगे ।
असार महिनामा उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूर निर्माणको काम रोकेर खाना खान टिपरको पछाडि बसेर आउँदै गर्दा दुर्घटनामा परेका थिए ।
जेठमा पाल्पा रम्भा गाउँपालिका ४ हुमिनमा तानसेनबाट रामपुरमा रहेको एक सहकारीको भ्रमणमा जाने क्रममा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु चढेको बस भिरबाट खस्दा १५ जनाको मृत्यु हुन पुग्यो ।
डडेल्धुराको उग्रतारा भगवती मेलाबाट डोटी जाँदै गरेको से १ प २९३ नम्बरको स्कुल बस गएको मङ्सिरमा अमरगढी नगरपालिका ११ रडुवा खोलामा दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाउनु प¥यो ।
कात्तिकमा डोल्पाको ठुलीभेरी नगरपालिका ९ कालागौंडास्थित बतासेबाट एउटा जीप भेरी नदीमा खस्दा १० जनाको मृत्यु भयो । भदौमा रौतहटको लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा खेतबाट घाँस काटेर फर्कंदै गरेका १५ स्थानीयवासी बेपत्ता हुन पुगे ।
धेरै दुर्घटना हुने चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड सन् २०१८ सुखद बन्यो । तर गएको साउनमा चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा काठमाडौँबाट स्याङजा जाँदै गरेको बस अर्काे गाडीसँग ठक्कर खाएर त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गयो । साउनमा रुकुम पूर्वको सिस्ने गाउँपालिकास्थित मध्यपहाडी राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको अनाहकमा मृत्यु भयो ।
असोजमा दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको तीव्र गतिमा रहेको माइक्रोबस बाँकेको शमशेरगञ्जमा ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भयो । गएको माघमा काठमाडौँबाट झापा जाँदै गरेकोे जीप धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गयो । उक्त दुर्घटना चालक निदाएका कारण भएको र सडक नजीकैको पोखरीमा डुबेकाले निस्सासिएर यात्रुको मृत्यु भएको प्रहरीको भनाइ थियो ।
मङ्सिरमा तीन वर्ष अघि मात्रै ट्रयाक खुलेको बाँके बहाकोट सडकको डाङ्ग्रे घुम्तीमा सुर्खेतबाट बाँके आउँदै गरेको जीप दुर्घटनाग्रस्त हुँदा पाँच जनाले ज्यान गुमाए ।
माघमा छोरा डा रञ्जनको बिहे छिनेर कपिलवस्तुबाट काठमाडौँ फर्कने क्रममा बा १ झ ३१४० नम्बरको सरकारी जीप धादिङको सलाङ्घाटबाट त्रिशूली नदीमा खस्दा सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव र भाञ्जी उन्नति गुप्ताको निधन भयो भने छोरा सन्तोष यादव बेपत्ता भए ।
पहिरोले पनि लग्यो ज्यान
बाढीपहिरोबाट पनि सन् २०१८ को वर्ष दुःखद बन्न पुग्यो । सुतिरहेका बेला एकै घरका मानिस पहिरोमा पुरिन पुगे ।
राति सुतिरहेका बेला साउनमा रसुवाको टिमुरेमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भयो । भदौमा सल्यानको बागचौर नगरपालिका ४ स्थित रामबहादुर विकको घर भत्कँदा एकै परिवारका पाँच जनाको मृत्यु भयो ।
साउनमा वर्षासँगै आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकाको ठाँटी बजारका दुई घर पुरिंँदा सात बालबालिका सहित ८ जनाको मृत्यु भयो । उक्त पहिरोमा एकै घरका ४ जना परेका थिए ।
यता, सन् २०१८ मा एयर बङ्गलाको विमान दुर्घटनासँगै अन्य दुई वटा दुर्घटना पनि भए । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ मैलुङपाखामा भएको दुर्घटनामा ६ जनाको मृत्यु भयो । भाग्यवश एकजना बाँच्न सफल भए । यस्तै जेठमा मकालु एयर जहाज हुम्लामा दुर्घटना हुँदा चालक दलका दुई सदस्यको ज्यान गुम्यो ।
विशिष्ट व्यक्तिको निधन
सन् २०१८ नेपालका केही विशिष्ट व्यक्तिको निधन भयो । पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, राजनीतिज्ञ, चिकित्सक, कलाकार, साहित्यकार, गायक र सञ्चार उद्यमीलाई मुलुकले गुमाए ।
कलेजोसम्बन्धी रोगका कारण पुस ३ गते पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भयो । विसं २०३२ सालमा प्रधानमन्त्री बन्नुभएका गिरी विसं २०१९ मा मन्त्रिपरिषद् अध्यक्ष हुनुभयो । पञ्चायती व्यवस्थाका सूत्रधार मानिने गिरी विसं २०१५ सालका वी पी कोईराला जननिर्वाचित प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।
मङ्सिरमा पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको उच्च उक्तचाप र निमोनियाका कारण निधन भयो । उहाँ २०६४ सालमा प्रधान न्यायाधीश बन्नुभएको थियो । उहाँ संसदीय सुनुवाइको सामना गर्ने पहिलो प्रधान न्यायाधीश हुनुहुन्थ्यो ।
सन् २०१८ मा नेपाली काँग्रेसका दुई नेतालाई मुलुकले गुमाए । करीब छ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहनुभएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको गएको असोजमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो । विसं २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्नुभएको थियो ।
मिर्गौला, छाती र नशासम्बन्धी रोगबाट पीडित नेपाली काँग्रेसका अर्का नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको चैतमा निधन भयो । पञ्चायती शासनको अवसान र प्रजातन्त्र स्थापनामा उहाँको महत्वपूर्ण योगदान छ ।
कात्तिकमा मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो । कम्युनिष्ट आन्दोलन र शान्ति प्रक्रियामा उहाँको महत्वपूर्ण योगदान छ ।
यही वर्ष असारमा एशियाकै अब्बल न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भयो । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो । पूर्व स्वास्थ्यमन्त्री हुनुभएका देवकोटा लामो समय बेलायत उपचार गरे पनि स्वास्थ्य अवस्था सुध्रिएन ।
एयर बङ्गलाका विमान दुर्घटनामा चितवनका वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापाको निधन भयो । बङ्गलादेशमा भएको चिकित्सासम्बन्धी गोष्ठीमा भाग लिएर नेपाल फर्कने क्रममा उहाँको निधन भएको थियो ।
नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको यही वर्ष निधन भयो । माघमा बाज्राकीको ब्रेन स्ट्रोकका कारण निधन भएको हो । ब्राजाकीको सातवटा कथासङ्ग्रह र गजल सङ्ग्रहहरू प्रकाशित छन् ।
व्यावसायिक पत्रकारिताका अगुवा हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा असोजमा निधन हुन पुग्यो । उहाँ कान्तिपुर दैनिक र नेपाल रिपब्लिक मिडियाका संस्थापक हुनुहुन्थ्यो ।
साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको मिर्गौलासम्बन्धी रोगबाट साउनमा निधन भयो । विसं २०५७ सालमा दाहालको मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको थियो ।
वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा जेठमा निधन भयो । ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लड्नुभएका थापाले झण्डै एक सयवटा चलचित्र र टेली चलचित्रमा अभिनय गर्नुभएको थियो ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
पोखराको टुटुङ्गामा नव निर्मित अस्थायी प्रहरी पोष्ट भवन उद्घाटन
१५ चैत्र २०८०, बिहीबार -
एमाले कास्कीको अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी
१४ चैत्र २०८०, बुधबार -
एमाले कास्कीको अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी
१४ चैत्र २०८०, बुधबार -
पोखरा ९ नं. वडाका सरकारी स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि ९ बुँदे प्रतिवद्धता
१२ चैत्र २०८०, सोमबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
पोखराको टुटुङ्गामा नव निर्मित अस्थायी प्रहरी पोष्ट भवन उद्घाटन
१५ चैत्र २०८०, बिहीबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार -
साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा
२७ भाद्र २०७५, बुधबार
You may also like
पोखराको टुटुङ्गामा नव निर्मित अस्थायी प्रहरी पोष्ट भवन उद्घाटन
पोखरा । पोखरा महानगरपालिका-१५ तल्लो नयाँगाउँ,अन्नपुर्ण मार्गमा बनेको अस्थायी प्रहरी पोष्ट टुटुङ्गाको नवनिर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन सम्पन्न भएको छ । नवनिर्मित भवनको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विकासराज खनालले भौतिक पुर्वाधार बिना सुरक्षाको प्रत्याभुति दिलाउन कठिन रहने बताउँदै […]
एमाले कास्कीको अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी
पोखरा ।नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी भएका छन् । उनले निकटम् प्रतिस्पर्धी माधव बास्तोलालाई २०४ मतको फराकिलो अन्तरका साथ पराजित गर्दै जित हात पारेका हुन् ।क्षेत्री ५५१ मत ल्याएर विजयी भए । क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका उमेदवार हुन् । अर्का नेता तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा […]
एमाले कास्कीको अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी
पोखरा ।नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बैन बहादुर क्षेत्री विजयी भएका छन् । उनले निकटम् प्रतिस्पर्धी माधव बास्तोलालाई २०४ मतको फराकिलो अन्तरका साथ पराजित गर्दै जित हात पारेका हुन् ।क्षेत्री ५५१ मत ल्याएर विजयी भए । क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका उमेदवार हुन् । अर्का नेता तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा […]
पोखरा ९ नं. वडाका सरकारी स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि ९ बुँदे प्रतिवद्धता
पोखरा । पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र एक रूपताका लागि ९ बुँदे प्रतिवद्धता जारी गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव छ भन्ने अवधारणापत्र प्रस्तुत गर्दै नयाँ शैक्षिक सत्रदेखि नै देखिने गरी सुधारका काम […]
होलीको पूर्वसन्ध्यामा पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य
पोखरा । भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा मनाउन पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै एक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले बाराही घाट लेकसाइड पोखरामा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा […]
नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लैङिगक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराए : मन्त्री चौधरी
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज […]
प्रिया ! मुक्तकसङग्रहको लोकार्पण तथा परिचर्चा
श्रीभद्र पौडेल पोखरा ।त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित प्रिया ! मुक्तकसङग्रहको शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको कार्यक्रमका बीच लेखक तथा शिक्षाविद् विष्णुप्रसाद अधिकारीले उक्त कृर्ति लोकार्पण गरेका हुन् । कृर्ति लोकार्पण गर्दै अधिकारीले प्राध्यापक निष्कलङक हुनुपर्नेमा जोड दिर्दै साहित्यको शक्ति जीवन्त रहने औँल्याए।उनले विद्यार्थीहरुमा नैतिक […]
भिरमा अड्केको शवको सशस्त्र प्रहरीद्धारा उद्धार
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका –१ जिमिरबारीमा भीरमा अड्केको शव सशस्त्र प्रहरीले उद्धार गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हे.क्वा. कालिकाबाट खटि गएको विशेष विपद् उद्धार टोलीले शव उद्धार गरेको प्रहरीले जनाएको छ । सोही ठाउँमा निर्माणाधीन करुवा सेती हाईड्रोपावरमा काम गर्ने गोरखा शहीद लखन गाउँपालिका वडा नं २ बस्ने […]
भिरमा अड्एिको शवको सशस्त्र प्रहरीद्धारा उद्धार
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका –१ जिमिरबारीमा भीरमा अड्एिको शव सशस्त्र प्रहरीले उद्धार गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हे.क्वा. कालिकाबाट खटि गएको विशेष विपद् उद्धार टोलीले शव उद्धार गरेको प्रहरीले जनाएको छ । सोही ठाउँमा निर्माणाधीन करुवा सेती हाईड्रोपावरमा काम गर्ने गोरखा शहीद लखन गाउँपालिका वडा नं २ बस्ने यामबहादुर थापाको […]
सञ्चार माध्यमलाई प्रशासनले नियमन गर्ने गृहमन्त्रीको निर्देशन सच्चाउन प्रेस युनियनको माग
काठमाडौं । गृह मन्त्रालयले अनलाइन समाचार पोर्टल, फेसबुक, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल र छापा माध्यममा प्रकाशन भएको सामाग्रीको नियमन र कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेर दिएको निर्देशनप्रति नेपाल प्रेस युनियनले आपत्ति व्यक्त गरेको छ । नेपालको संविधानले सुरक्षित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित र कुण्ठित गर्ने ध्येयले गृह मन्त्रालयले दिएको निर्देशन […]
Leave a Reply
You must be logged in to post a comment.