पौष २९ देखि माघ १ गते सम्म रुपा मेला संचालन हुने

0
1464

“रुपा को बृहत् बिकास का निमित्त रुपा मेला ” भन्ने मुल नारा का साथ यस बर्ष पनि ध्रुब तारा क्लब भिर्चोक ले आफ्नो १९औ बार्षिकोत्सब माघेसक्रान्ती को अबसर मा विविध कार्यक्रम हरु सहित मनाउन तयारी लाई तिब्रता दियको छ। परापुर्ब काल देखि चल्दै आयको माधे सक्रान्ती मेला लाई ब्यबस्थित र परिमार्जित गर्दै रुपा मेला २०७५ गर्न लागियको हो। पौष २९ देखि माघ १ गते सम्म संचालन हुने मेलाको तयारिलाइ तिब्रता दिन आम भेला र बैठक सपन्न गरेको छ। क्लब का अध्यक्ष प्रेम कुमार खड्का को सम्योजक्तो मा महोत्सव आयोजक समिति र सल्लाहकार सम्योजक नारायण गुरुङ को सम्योजक्तो मा सल्लाहकार समिति गठन गरिएको छ। महोत्सवमा लोकदोहोरी कार्यक्रम, हास्य व्यंग्य कार्यक्रम, भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगी, प्रा. बि हाजिरि जवाफ प्रतियोगिता, झाकी प्रदर्शनि प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता, ग्रामीण पदयात्रा, साइकिलिङ, सास्कृतिक कार्यक्रम लगायत विविध प्रस्तुति हरु गरिने भएकोछ। क्लब ले बिगतका महोत्सव हरु बाट आफ्नै ब्यब्स्थित भबन, सभा हल, अतिथी गृह, शौचालय, ब्यापारिक भबन, खेलमैदान जस्ता भौतिक सम्रचना निर्माण गरिसकेको छ। हालै क्लबले हात्तिमैता भ्यु पोइन्ट, सभाहल मर्मत लगायत का संरचना निर्माण कार्यमा लागिरहेको छ। साथै

क्लबले यस बर्ष को मेलालाई रुपाप्रेमी महानुभाब हरु लाई उपस्थिति गराइ रुपाको वृत्ति बिकासमा सहभागी गराउने सोच राखेको छ।  मेला लाई भिर्चोक आमा समूह, रुपा गाउपालिका, भिर्चोक प्रवासी मन्च, र ध्रुबतारा दुबइ शाखा को बिशेष सहयोग रहने छ।