कास्कीमा बृद्धको हत्यामा संलग्न अभियुक्तहरु घटना स्थलबाट पक्राउ

0
947

पहिचान नै नहुने खालको शव चोटैचोट थियो । प्रहरीलाई शंका लाग्यो र अनुसन्धान सुरु गर्यो ।
प्रहरीले शंकास्पद ब्यक्तिमाथी निगरानी बढायो ।एकसाता अघि कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुखु स्थित मोदीखोलामा शंकास्पद लास पर्वतको मोदी गाउँपालिका २ देउपुर स्थायी घर भएका ७३ बर्षिय दीलबहादुर सार्कीको रहेको पत्ता लाग्यो ।
प्रारम्भीक अनुसन्धानमा  ३१ बर्षिय बुद्धीमान सार्कीको गतिविधि प्रहरीलाई   शंकास्पद लाग्यो । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढायो ।
बुद्धीमान सार्कीले आफ्नो कसुर स्विकारे । उनले आफुँ सहित आफ्ना बाबु ६० बर्षिय निमबहादुर सार्की र माइलो बाबु ७२ बर्षिय लालसिं सार्की समेत घटनामा संलग्न रहेको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ ।
पुस ८ गते साँझ तीनै जना मिलेर दीलबहादुरको हत्या गरेको स्विकार गरेका छन् । मृतकले आफुँहरुलाई अपशब्द प्रयोग गरेर गाली गरेपछि हत्या गरेको बताएका छन् । हत्याराहरुले रक्सी पिएको र त्यही बेला हत्या भएको कास्की प्रहरी  प्रवत्ता प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।