तीन लाख ५० हजार दर्शकको अवलोकन सहित रु १८ करोडको कारोवार गर्दे सकियो लेखनाथ महोत्सब

0
1100

सरिता तिम्सिना पगेनी
लेखनाथ,  ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादनको विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको लेखनाथ महोत्सव  सम्पन्न भएको छ ।

यही पुस ५ गतेदेखि कास्की लेखनाथमा सञ्चालित १५ संस्करणको सो महोत्सव अवधिभर करीब तीन लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरेका थिए । महोत्सवमा करीब रु १८ करोड मूल्य बराबरको आर्थिक कारोवार भएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णहरी भण्डारीले  जानकारी दिनुभयो ।

महोत्सव समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले यस प्रकारका मेला महोत्सवले पोखरालाई अन्तराष्ट्रियस्तरसम्म चिनाउन सहयोग मिलेको उल्लेख गर्दै उत्पादकदेखि उपभोक्तालाई एउटै थलोमा जम्मा गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा यसले सहयोग पु¥याएको बताउनुभयो । सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवको रुपमा चिनाउन लेखनाथ महोत्सव सफल भएको आयोजकको दाबी छ । मनोरञ्जनको साथमा महोत्सवमा राखिएका करिव तीन सय ५० बटा स्टलबाट उल्लेख्य रुपमा कारोवार हुँदा स्टल संचालनकहरु पनि खुशी देखिएको स्टल अनुगमन तथा मुल्याङ्कन उपसमितिका संयोजक सूर्यमणि लामिछानेले पोखरा पोष्टलाई  जानकारी दिए ।