बालबालिकाहरुलाई शैक्षिक सामाग्री र सुईटर बितरण

0
1258

चिल्डे«न–नेपालले बिद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरुलाई बिद्यालय शिक्षामा सहज पुरयाउन शैक्षिक सामाग्री र जाडोको लागी सुईटर बितरण गरेको छ । पोखरा महानगरपालिका र यस वरपर रहेका सामुदायिक श्री जनप्रिय मा बि, श्री बाराही मा बि, श्री कन्या मा बि , श्रीकृष्ण मा बि  श्री पार्दी,मा बि, श्री नबप्रभात मा बि, श्री धर्मस्थली आधारभुत बिद्यालय , श्री साहारा आधारभुत बिद्यालय, श्रीराम आधारभुत बिद्यालय, श्रीसरस्वती आधारभुत बिद्यालय, श्री कालिका मा बि , पर्बत जिल्ला  कुश्मा नगरपालिका १० स्थित श्री पुर्णेश्वर मा बि र संस्थागत बिद्यालयहरुमा पढ्ने गरी ४२१ जना बालबालिकाहरुको लागी शैक्षिक सामाग्री र सुईटर बितरण गरिएको थियो । कार्यक्रममा चिल्डे«न–नेपालका कार्यसमिति उपाध्यक्ष साबित्री नेपालीले अभाबको बिचमा संर्घष गरी अध्ययन कार्यलाई निरन्तर गरेका बालबालिकाहरु नै भोलीका सक्षम, सबल र उदाहरणीय नागरिक बन्नको निम्ति  चिल्डे«न–नेपालले निरन्तर सहयोग गर्ने कुरामा जोड दिनु भएको थियो,भने बालबालिका, युवा तथा परिबार कल्याण शाखाका बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले बर्षमा दुई पटक बिद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरुलाई शैक्षिक उन्नतीको लागी शैक्षिक सामाग्री बितरण गर्ने योजना अनुसार सामाग्री उपलब्ध गराईएको कुरा जानकारी गराउनु भएको थियो ।  कार्यक्रममा सह संयोजक रमेश सुबेदीले शैक्षिक सामाग्री र सुईटर बितरण कार्यक्रममा समय ब्यबस्थापनमा सहयोग गर्नुहुने प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरुलाई धन्यबाद दिदै बालबालिकाको शैक्षिक प्रगतीको लागी शुभकामना समेत दिनु भएको थियो ।