हेटौँडा, पुस १८ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले नीतिगत समस्याका कारण भुकम्पपछिको निजी आवास निर्माणमा ढिलाई भएको बताउनु भएको छ ।
ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालको आयोजनामा बुधबार राक्सिराङ गाउँपालिकाको चैनपुरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उहाँले भुकम्पपछिको निजी आवास निर्माणमा स्थानीय तहलाई अधिकार दिनुपर्ने बताउनुभयो ।
उहाँले गाउँपालिकाले भुकम्पपछिको निजी आवास निर्माण कार्यलाई छिटो सम्पन्न गर्न छुट्टै ईकाई स्थापना गरी काम सुरु गरेको बताउँदै भुकम्पले क्षति नभएपनि निजी आवास निर्माणका लागि अनुदान लिएकाहरुलाई रकम फिर्ता गर्न आग्रह गर्नुभयो ।
ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालले भुकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रमअन्तर्गत आयोजना गरेको कार्यक्रमका सहभागीहरुले भुकम्पबाट क्षति भएकाहरुपनि लाभग्राही सूचीमा नपरेको र क्षति नभएकाहरुले अनुदान भएको बताउनुभयो ।
उहाँहरुले भुकम्प पीडितहरुको गुनासोको सम्बोधन गर्न र अनुदान वितरण प्रणालीलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।
कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपाल मकवानपुरका कार्यक्रम अधिकृत प्रमिला थिङ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका इन्जिनियर शेरचन्द्र श्रेष्ठ र प्राविधिक विनेश श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष चन्द्रसिंह प्रजा, वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण प्रजा, वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष टेकराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.