व्युटिपार्लर एशोसियसन कास्कीको प्रथम वार्षिक साधारण सभा तथा अधिबेशनले कल्पना कोईरालाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष, सचिब, कोषाध्यक्ष ,र सह सचिबमा सुनिता अधिकारी ,बबिता काक्री,सुस्मा गुरुङ्ग, र सोनी तामाङ्ग चयन भए । त्यसैगरि सदस्यहरुमा क्रमशः छाया ढकाल,सृजना शेन शाही,सबि श्रेष्ठ,,एनी गरबुजा,रत्न श्रेष्ठ,र सर्मिला रानाभाट चयन भए ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ व्युटिसियन चन्द्रा प्रधानले महिलाह्ररु व्युटीपार्लर व्यवसायबाट आर्थिक उन्नती गरेको बताउनुभयो । कार्यक्रममा सौन्दर्यविद् तथा संस्थाका अभिभावक चिनु गुरुडले संस्थाले पेशागत हकहितका लागि वकालत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको आर्थिक समृद्धिमा पेशाले महत्वपुर्ण स्थान लिएको दाबी गर्नुभयो ।
आर्थिक समृद्धिका लागि सौन्दर्य पेशा आजको आवश्यकता भन्ने नारा सहित संस्था स्थापना गरिएको पनि संस्थाका संरक्षक गुरुङ्गले पोखरा पोष्टलाइ जानकारी दिनुभयो । बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल ९बान० का केन्द्रिय महासचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले संस्था स्थापना भएको मात्रै १ वर्ष भएपनि पेशागत हकहितका साथै सामाजिक कार्यमा पनि सक्रियता देखाएकोमा खुसी व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष कल्पना कोइरालाको अध्यक्षमा भएको कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार गीता आर्चाय, नेपाल उद्यमी संघ कास्कीका अध्यक्ष काशीमाया गुरुड लगायतले बोल्नुभएको थियो । एशोसिएसनका सचिव वविता केसी कार्कीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष चन्द्रावती सुवेदीले गर्नुभएको थियो ।