गैरसरकारी संस्था महासंघ नेपालको दोस्रो केन्द्रिय कार्यसमितिको वैठक सम्पन्न

0
898

गैरसरकारी संस्था महासंघ नेपालको दोस्रो केन्द्रिय कार्यसमितिको वैठक पुष २२ र २३  गते काठमाण्डौंमा सम्पन्न भएको छ । महासंघको मंसिर १४ र १५ गते काठमाण्डौमा सम्पन्न नवौं महाधिवेशनबाट निर्वाचित  भए लगत्तै पहिलो वैठक तथा शपथ ग्रहण कार्यक्रम मंसिर १६ गते काठमाण्डौंमा सम्पन्न भएको थियो । उक्त पहिलो वैठक पछि केन्द्रिय कार्यसमितिको दोस्रो वैठक थप जिम्वेवारी र वाँडफाँड गर्दे आगामि रणनीतिक योजना तर्जुमा गर्दे पुष २२ र २३ गते काठमाण्डौंमा सम्पन्न भएको हो । वैठकको दोस्रो दिन गैरसरकारी संस्था महासंघ नेपालको संयोजनमा तयार पारिएको नागरिक संस्थाहरुको साझा धारणा पत्र माथी छलफल तथा प्रतिक्रिया आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ ।
दोस्रो वैठकको समापनसंगै पुष २३ गते अर्थात आज पद तथा जिम्वेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद तथा जिम्वेवारी हस्तान्तरण कार्यक्रममा विभिन्न महासंघका प्रमुख तथा प्रतिनिधिहरु, महासंघका पूर्व अध्यक्ष, सल्लाहकार तथा निवर्तमान पदाधिकारी तथा सदश्यहरु, नागरिक समाजका अगुवाहरु, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल दिगो विकास मञ्चसंग आवद्ध विभिन्न विषयगत सत्रको नेतृत्व गर्दे आउनु भएका संघ संस्थाका प्रतिनिधिहरु, विकास साझेदारहरु, सञ्चारकर्मि तथा बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।

पद तथा जिम्वेवारी हस्तान्तरण कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका निवर्तमान अध्यक्ष गोपाल लम्सालले नवनिर्वाचित अध्यक्ष जितराम लामालाई अध्यक्षको मेडल र उहाँको कार्यसमितिका सम्पूण सदश्यहरुलाई महासंघका पूर्व अध्यक्ष शर्मिला कार्किबाट खादा र महासंघका पूर्व महासचिव शान्तलाल मुल्मिबाट व्याच हस्तान्तरण गर्दे पद तथा जिम्वेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हाे । गत मंसिर १४ र १५ गते काठमाण्डौंमा सम्पन्न भएको नवौं महाधिवेशनबाट जितराम लामाको अध्यक्षमा, बरिष्ठ उपाध्यक्ष, दुइ जना उपाध्यक्ष, महासचिव, दुइ जना उप महासचिव, कोषाध्यक्ष, सात जना सचिव, सवै प्रदेशमा इन्चार्ज र सह इन्चार्ज लगायत केन्द्रिय सदस्यहरु गरेर ४७ सदस्यीय कार्य समिति सदश्यहरु निर्वाचित हुनु भएको थियो । कार्यसमितिमा पदेन सदश्यको रुपमा निवर्तमान अध्यक्ष र अन्य ३ जना मनोनित सदश्य सहित ५१ जनाको केन्द्रिय कार्यसमिति रहेको छ ।