हेटौंडा,तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न निर्देशन दिएका छन ।पत्रकारलाई जे पनि लेख्नका लागि छुट नभएको भन्दै उनले सरकारको बिरोधमा लेख्ने पत्रकारलाई म भएको भए जेल हाल्थे भनेका छन ।उनले पत्रकारलाइ सरकार,,मन्त्री प्रधान्मन्त्री बिरुद्ध नलेख्न चेतावनी समेत दिए । अक्सफामको आयोजानमा नागरिकता र महिलाको कानुनी अधिकारसम्बन्धी प्रदेशस्तरीय नीतिगत सम्वाद कार्यक्रममा बोल्दै उनले पत्रकारहरुले ‘मन्त्रीले तेलको पैसा खाएको’ जस्ता सरकार विरुद्धमा समाचार लेखेको आरोप लगाए ।
संसदमा प्रधानमन्त्रीले संबोधन गर्नुभएको कुरामा आफ्नो समर्थन रहेको बताउँदे उनले पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न निर्देशन दिँदै पत्रकारले जे गरे पनि छुट नहुने बताए ।
कानुन र शान्तिसुरक्षामा कसैसँग पनि सम्झौता नहुने उनको भनाइ छ । न्यायक्षेत्र अत्यन्तै परम्परावादी भएको टिप्पणी गर्दै मन्त्री जमरकटेलले भन्े ,‘अरु सबैले परिवर्तनलाई स्वीकार गरे पनि अदालतले परिवर्तनलाई स्वीकार गर्न सकेको छैन । अब तीन महिनामा कुनैपनि मुद्धाको छिनोफानो हुनुपर्छ । अदालतमा पेसी सरेको सर्यै हुने र विकट जिल्लाबाट सर्वोच्च अदालतमा पीडितहरु धाइरहनु पर्ने परम्पराको अब अन्त्य हुनुपर्छ ।’
स्थानीय तहमा इजलास बनाएर काम सुरु गर्नका उपप्रमुखहरुलाई निर्देशन दिँदै उहनले भने ,‘अदालतमा आएर बस्ने, चिया खान,दिनमा तीन घण्टा पनि इजलास नबस्ने, मुद्धाको पेसी सरेको सर्यै हुने समस्याका कारण अब स्थानीय तहबाट नै न्याय दिनुपर्छ ।’
नागरिकतासम्बन्धी नियमबाट महिलाहरु पीडित बनेको भन्दै उनले पहिले महिलासँग विवाह गरेर नागरिकता नबनाइकन भागेको पाइएमा त्यस्ता महिलाहरुलाई नागरिकता दिनुपर्ने र त्यसको जिमेवारी सबै आफूले लिने बताए।
कार्यक्रममा तीन नम्बर प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, मुख्यमन्त्री कार्यालयका कानुन सचिब इन्दिरा दाहाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, सर्वोच्च अदालत कानुन व्यवसायी संघका कोषाध्यक्ष सरोज घिमिरे लगायतले बोलेका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.