पोखरा ३२ गगनगौडामा रहेको गोगन माविले बुधवार विविध कार्यक्रमका साथ आफनो ५० औं वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञान र प्रविधिको आजको युगमा सामुदायिक विद्यालयहरु पनि समयानुकुल अगाडि वढ्नु पर्नेमा जोड दिदै नमुनाको रुपमा रहेको गोगन माविले आइसिटीका लागि ल्याएका योजनामा महानगरपालिकाको सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।
विद्यालयको शैक्षिक गुणस्तरका लागि शिक्षकको भुमिका महत्वपुर्ण हुने बताउदै विद्यार्थीका लागि ब्यवहारिक र प्रयोगात्मक ज्ञान दिने खालको पाठयक्रमलाई अगाडि वढाउनु पर्ने सुझाव उनले दिएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं ३२ का वडाअध्यक्ष अकल बहादुर कार्की, विद्यालय निरिक्षक विश्वराज आचार्य, ब्यवस्थापन समितिका पूर्व अध्यक्ष खेमराज अधिकारी,बरिष्ठ चन्दादाता बुद्धिमान गुरुङ, अभिभावकको तर्फबाट किसान परियार , लक्ष्मी मा वि का प््राअ जगन्नाथ अधिकारी ,विद्यार्थीहरुको तर्फबाट स्माइल भण्डारी र बविता भण्डारी लगाएतले आ आफनो धारणा राखेका थिए ।
बिद्यालयका प्रधानाध्यापक मोहनराज बरालले बार्षिक प्रतिबेदन र भावी योजनाका बारेमा जानकारी गराएको सो कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पूर्व सदस्य पार्वती गुरुङ, नारायण प्रसाद बराल, मिना गुरुङ र ईन्द्रबहादुर भुजेललाई सम्मान गरिएको थियो भने पूर्व प्रधानाध्यापक डम्बरप्रसाद पौडेललाई कुशल प्रशासकका रुपमा विद्यालयको शैिक्षक तथा भौतिक उन्नतिका लागि सहयोग पु¥याएकोमा सम्मान गरिएको हो ।
सोही अवसरमा पूर्व प्रअ चन्द्रावती पौडेल, निर्वतमान प्रअ सुर्यमणि पौडेल तथा कार्यरत शिक्षक लक्ष्मण विजयपतिलाई दीर्घ सेवा पदकले सम्मान गरिएको थियो ।
वार्षिककोत्सवका अवसरमा शिक्षक सकुन्तला सोती र सुरेन्द्र लामिछाने तथा कर्मचारी रेश्मा थापालाई चन्द्ररत्न स्मृती अक्षयकोषको पुरस्कार प्रदान गरिएको थियो भने विद्यार्थीहरु आसा पौडेल, अनिता न्यौपाने र गणेश गुरुङलाई कविराम गुरुङ अक्षयकोषको पुरस्कार द्धारा पुरस्कृत गरिएको थियो ।
विविध सास्कृतिक कार्यक्रमका साथ सुरु भएको उक्त कार्यक्रमको संचालन शिक्षक झलकराज पौडेल र गीता थापाले गरेका थिए । उक्त विद्यालयमा हाल १४ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.