शान्ती र समृद्धीका लागी योग आवश्यक

0
1258

पोखरा । शान्ती र समृद्धीका लागी योग भन्ने नाराका साथ जिल्ला समन्वय समिति कास्कीले मंगलवार राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ मनाएको छ । योग साधनालाई जनस्तरसम्म पु¥याउनकालागी  चार वर्ष अघिदेखी सरकारी तवरवाटै योग दिवस मनाउन लागिएको हो । योगको माध्यमवाट मानवीय शान्ती प्राप्तगरि मुलुकलाई समृद्धीतर्फ लैजान सघाउने विश्वास लिईएको छ । पुर्विय ज्ञानको उद्गमस्थल नेपालवाटै  योग, आयुर्वेद्ध, वेद, र प्राकृतिक चिकित्सा पद्धती सुरु भएको मानिन्छ ।
योग दिवस मनाउनका लागी पोखराको सृजनाचोकवाट सुरु भएको शान्ती पदयात्रा जिल्ला समन्वय समिति कास्कीको कार्यालयमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।   कास्कीमा रहेका योग साधनासँग सम्वन्धीत  विभिन्न ११ वटा संघ सस्था र योग साधकहरुको शान्ती पदयात्रामा सहभागिता रहेको थियो । योग गुरु डा योगी विकाशानन्द समेत पदयात्रामा सहभागि भएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशलाई निरोगी नागरिकको प्रदेस वनाउन प्रदेस सरकारको ध्यानाकर्षण भएको वताईन  । योग सिक्ने र सिकाउने वानीले प्रदेस सरकारको स्वस्थ नागरिक वनाउने योजना सफल हुने विश्वास व्यक्त गर्दै मन्त्री पुनले योग सिकेर ाँफूलाई निरोगी वनाउने काममा सहभागि वन्न आम नागरिकलाई आग्रह गरिन ।  उनले आगामी दिनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा योग ध्यान शिविर संचालन गरेर नागरिकको जीवनशैलीलाई तनाव मुक्त गर्न सघाउने वताईन ।
कार्यक्रमका सभापति एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनवहादुर क्षत्रीले जीवनलाई सत्मार्गमा लैजान र तनाववाट मुक्त गर्न योगको ठूलो महत्व रहेको भन्दै योगको माध्यमवाट पर्यटक भित्र्याएर समृद्धी तर्फ अगाडी वढ्न सकिने धारणा व्यक्त गरे ।
योग गुरु डा. योगी विकासानन्दले जीवन पद्धतीलाई कसरी अगाल्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका  थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रवहादुर वुढाले योग शिक्षालाई विद्यालय शिक्षा वाटै लागु गर्न सकेमा समाजलाई असल वाटोमा डो¥याउन र शान्ती सुरक्षा तथा सुव्यवस्था ल्याउन सहयोग पुग्ने वताए ।
डा ओमराज  चलाउनेले शारिरिक र मानसिक रोगवाट मुक्ति पाउनका लागी योग गर्नुपर्ने वताए । आयुर्वेदका दृष्टीकोणले नेपालवाट ६ वटै ऋतुको अनुभव  गर्न सकिने भन्दै उनले पर्यटकका लागी नेपाल दृष्यावलोकनका लागी मात्र नभएर योगका लागी समेत गन्तव्य वन्न सक्ने विचार व्यक्त गरे । योग गुरु ऋषि लंसालले कास्कीका क्रियाशिल योग साधनाहरुको जानकारी गराएका थिए ।