पोखरा रङ्गशालालाई बहुद्देश्यीयरुपमा विकास गरिने

0
918

 

 

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा रङ्गशालालाई बहुउद्देश्यीय रङ्गशालाका रुपमा विकास गर्ने लक्ष्य लिइएको बताउनुभएको छ ।

राष्ट्रिय खेलकूद परिषद्को आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको संयोजनमा आजदेखि यहाँ आयोजित दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले दीर्घकालीन सोचका साथ संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दक्षिण एशियाली खेलकूद (साग)का लागि आवश्यक पूर्वाधार निर्माणमा सबै पक्षले जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले पोखरामा बन्ने कुनै पनि संरचना स्वीकृत गर्नुअघि परिषद्को बैठकमा ल्याएर विवादरहित ढङ्गले निर्माण कार्यअगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पहिलो खेलमा पुलिस क्लब विजयी

पोखरा रङ्गशालामा आजदेखि शुरु भएको दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । दोस्रो खेलमा प्रदेश नं ३ को टोलीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । यही माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोलीको सहभागिता रहेको छ ।