नुवाकोट, माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेला यो वर्ष ४५ हल गोरु जुधाउँदै सम्पन्न भएको छ ।
जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । तारुकामा २२ हल गोरु जुधाइएको थियो ।
मेलाको आज उद्घाटनगर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तारुकाको गोरु जुधाइ देशकै पहिचानका रुपमा विकास भएकाले यसलाई व्यवस्थित र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
यहाँको पहिचान स्थापित गराउनका लागि सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले तारुकाको गोरु जुधाइने पाटोलाई सरकारीस्तरबाट खरीद गरेर खेलमैदानका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानमा पहिले गोरु जुधाउने गरिएकामा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरिका जुरे बहर गोरु एकै थलोमा जुधाउने चलनको शुरुवात ग¥यो । यहाँको गोरु जुधाइ हेर्न हजारौँ दर्शक ओइरिएको देखेपछि जिल्लाका अन्य भागमा पनि गोरु जुधाउने परम्परालाई ब्यँुताउने काम भएको छ । तारुकामा विजेता गोरुधनीलाई रु ६ हजार र हार्ने गोरुका धनीलाई रु चार हजार पुरस्कार प्रदान गरिएको थियो ।