सामाजिक कार्यमा पनि महिलाको सक्रियता आबश्यक छ : गाउँपालिका अध्यक्ष कुवँर

0
1432

अन्नपुर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुवँरले महिलाहरुलाई सामाजिक कार्यमा सक्रिय रुपमा लाग्न आग्रह गरेका छन ।सोमबार  अन्नपुर्ण गाउँपालिका वडा नम्वर १ ले आयोजना गरेको महिलाहरुको लागि क्षमता अभिबृद्धि तथा उद्घोषण सम्वन्धी ३ दिने तालिमको उद्घाटन गर्दे उनले महिलाहरु सामाजिक कार्यमा सक्रिय नभयसम्म समाज बिकास नहुने बताए । जसरी घरलाई सुन्दर र ब्यबस्थित  बनाउन महिलाको  महत्वपुर्ण हात हुन्छ ,त्यसरीनै समाजलाई सभ्य र सुन्दर बनाउन  महिलाले सामाजिक नेतृत्व लिन पर्ने उनको भनाई थियो । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ्गले महिलालाई  क्षमता अभिबृद्धि संगै उत्पादनमुलक कार्यमा समेत लाग्न आग्रह गरिन । तीन सम्म चल्ने तालिमलाई क्रियाशील पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीले सहजीकरण गर्ने छिन । वडा नम्वर १ का अध्यक्ष भरतजङ्ग कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य ईन्द्र प्रसाद सुवेदी , राजकुमारी परियार ,कार्यपालिका सदस्य गंगा केसी कुवँर , समाजसेबी पार्बती बस्नेत लगायतले बोलेका थिए ।तालिममा वडा नम्बर १ का महिलाहरुको सहभागीता रहेको कार्यक्रम संयोजक गंगा  केसी कुवँरले जानकारी दिईन ।