स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत

0
866

स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएका छन् । अदालतले उनलाई २३ महिना जेल सजाय पनि सुनाएको छ तर, उनी जेल बस्नु पर्ने छैन ।

यो सिजन रियल मड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डो मंगलबार स्पेनिस अदालतमा हाजिर भएका थिए । मिडियालाई छल्ने प्रयास गरेका रोनाल्डोले भिडियोमार्फत उपस्थित हुने वा अदालतको भवनमा कारमार्फत प्रवेश गर्ने प्रस्ताव राखेका थिए ।

तर, न्यायाधीशले दुबैलाई अस्वीकृत गरे । अदालतमा आफैं उपस्थित भएका उनले अभियोजनकर्ताले प्रस्ताव गरेको १६.६ मिलियन युरो जरिवाना स्वीकार गरेका छन् ।

पाँच पटकका बालोन डि’ओर अवार्ड विजेता रोनाल्डोमाथि २०१० देखि २०१४ सम्म छर छलेको आरोप लागेको थियो । त्यसबेला उनी रियल मड्रिडमा थिए ।