लेखनाथ,साविकको लेखनाथ नगरपालिकामा स्थापना भएको लेखनाथकै पहिलो सामुदायिक रेडियो, रेडियो लेखनाथ १०६.६ मेगाहर्ज बुधवार आजदेखि नवौ वर्षमा प्रवेश गरेको छ ।
लेखनाथ सामुदायिक विकास तथा सञ्चार केन्द्रद्धारा सञ्चालित रेडियोले आफ्नो स्थापनाको दिवस पारेर विविध कार्यक्रम आयोजना गरेको रेडियोले जनाएको छ । वि.सं २०६७ साल माघ १६ गते शहिद दिवसको दिन पारेर रेडियोले प्रसारण प्रारम्भ गरेको थियो ।
रेडियोको प्रसारण केन्द्र कास्कीको पोखरा २६ सुन्दरीबजारमा रहि कास्की पर्वत , वाग्लुङ, स्याङजा, तनहु लगायत जिल्लाहरुमा सुन्न सकिने छ।
रेडियोका अध्यक्ष रामकृष्ण जिसीले रेडियो लेखनाथलाई समुदायको आफ्नै बनाउन र युवा पुस्तामा युग सुहाउदो कार्यक्रम उत्पादन तथा प्रसारण गरिदै आएको बनाउनु भयो ।
दैनिक १७ घण्टा सञ्चालित रेडियोले नियमित प्रसारण अन्र्तगत राष्ट्र तथा राष्ट्रिय भाषामा समाचार, विविध मनोरञ्जनात्मक ,शिक्षामुलक ,सूचना र युग सुहाउदो प्रकृतिका प्रसारणका साथै प्रत्यक्ष रुपमा श्रोता सहभागिता रहने फोन इन एवं विविध महत्वपूर्ण उतसव तथा महोत्सव सभा समारोह स्थलबाट प्रत्यक्ष प्रसारण लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।
सञ्चार माध्यम मार्फत पर्यटकिय क्षेत्र सात तालको वाटिका शहरलाई संसार भर परिचित गराउदै अघि बढाउने उदेश्य रहेको अध्यक्ष जिसीले बताए ।
समाजमा गरिव वर्गको छोराछोरीलाई उच्च शिक्षाको लागि सहयोग गर्दै आएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.