सहिद दिवसमा गण्डकी प्रदेश सरकारले शुभकामना मात्रै दियो

0
1331

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । देश र जनताका लागि आफ्नो अमूल्य जीवन वलिदान गर्ने सम्पूर्ण ज्ञात, अज्ञात महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको मुख्यमन्त्रीको  विज्ञप्तिमा उल्लेख छ ।
‘जहाँनिया राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान शहीद तथा प्रजातन्त्र पुनः स्थापना एवं संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने सम्पूर्ण वीर सपूतहरू सदा हामी सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहनु हुनेछ,’ मुख्यमन्त्रीले विज्ञप्तिमार्फत भनेका छन् ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्मान र सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
सहिद  दिबसमा वीर अमर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अन्य योद्धाहरूको योगदानको समेत  स्मरण गरिन्छ ।े   तमु ल्होसार र माघे सक्रान्तिमा गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको थियो  तर शहिद दिवसमा बिदा दिएन ।  सामाजिक संजालमा बिभिन्न ब्यक्तिहरुले   शहिद दिबसमा सार्बजनिक बिदा नदिइएको प्रति दुःख ब्यक्त गरेका छन ।  यस अघि  प्रदेश ३ ले  शहिद दिवसको अवसरमा बिदा दिने निर्णय गरिसकेको छ।