पोखरा महानगरपालिका वाड नं ९ बसपार्क स्थित शिवटोल विकास संस्थाको सभा हलमा क्यान्सर दिवसको अवसरमा चिल्डे«न–नेपाल, र इनर ह्विल क्लव अफ पोखरा मिडटाउनको संयुक्त आयोजनामा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र मणिपाल शिक्षण अस्पताल को प्राविधिक सहयोग साथै पोखरा महानगर पालिका वडा न. ९ को समन्वयमा क्यान्सर सम्बन्धी सचेतना तथा पाठेघरको मुखमा हुने क्यान्सर छ वा छैन भन्ने बारेमा परीक्षण समेत गरिएको थियो । चिल्डे«न– नेपालका उपाध्यक्ष एवम् इनर ह्विल क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष सावित्री नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख व्यक्तित्व पोखरा ९का वडा अध्यक्ष रामराज लामिछाने रहनु भएको थियो । कार्यक्रममा साहारा बाल आधारभुत स्कुल का प्र.अ. लोचना अधिकारीले महिलाहरु आफना समस्या बाहिर ल्याउन नसक्नुका कारण ठुला ठुला रोग बाट प्रताडित भएका छन । महिलाहरुले भोगेका समस्याहरुलाई न्युनीकरण गर्न यसरी टोल मा नै आएर स्वास्थ परिक्षण संगै सचेतना कार्यक्रम फैलाउन सहयोग गरेकोमा आयोजकहरुलाई धन्यबाद दिनुभयो। सोहि अवसरमा चिल्ड्रेन नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक रामचन्द्र पौडेलले धुवाँ धुलोबाट पनि सतर्क रहदै खानपिन आहार विहारमा ध्यान दिनु पर्ने कुरामा जोड दिनु भएको थियो । प्रमुख अतिथि रामराज लामिछानेले महिलाहरुको स्वास्थ्यमा ध्यान दिन सरसफाई अति महत्व हुने हुनाले सबैले आफ्नो स्वास्थ्यमा सुधार गर्नको लागि आफ्नो वरपर सरसफाईमा चासो दिनु पर्दछ । यस क्षेत्रमा रहेका परिवारहरुको स्वास्थ्यमा ध्यान दिई केही समयमा नै प्रत्येक परिवारलाई शुद्ध पिउने पानि उपलब्ध गराउन वडा लागिपरेको कुरा व्यक्त गर्दै यस्ता सचेतामुलक कार्य गर्न संघसंस्थाहरु संग समन्वय गर्न वडा सधै तत्पर रहेको कुरामा जोड दिनु भयो । सो कार्यक्रममा बसपार्क क्षेत्रमा रहेका सम्पुर्ण टोल विकास संस्था र आमा समूहका पनि सहभागी रहेको थियो । उक्त क्यान्सर सचेतना र परिक्षण कार्यक्रममा महिलाहरुलाई परिक्षण गरी औषधि समेत बितरण गरिएको थियो जसबाट १४८ जना लाभान्दित भएका थिए । कार्यक्रमको उद्धेश्य बारे चिल्ड्रेन–नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको संचालन रमेश सुबेदीले गरेका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.