चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

0
949

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला प्रतिस्पर्धाबाट अध्यक्ष चयनका लागि मन्त्रालयले शुक्रबार दरखास्त आह्वान गरेको हो।

मन्त्रालयले स्पष्टीकरण सोधेपछि बोर्ड अध्यक्ष निकिता पौडेलले माघ २२ गते राजीनामा दिएकी थिइन। पौडेलले राजीनामा दिएसँगै नयाँ अध्यक्ष नियुक्तिका लागि पदपूर्तिको प्रक्रिया थालिएको हो।

मन्त्रालयले फागुन १७ गतेसम्म योग्यता पुगेका नागरिकबाट दरखास्त आह्वान गरेको छ।

३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको कुनै पनि कानुनले अगोग्य ठहर गरेको व्यक्तिले आवेदन दिन सक्नेछन्। मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। चलचित्र उद्योगको विकास, संरक्षण र प्रवद्र्धनमा निरन्तर दश वर्षदेखि क्रियाशील व्यक्ति आवेदनका लागि योग्य हुनेछन्।