पोखरा महानगरपालिका वडा नं १० ले कालिका मामाध्यामिक विद्यालय रामबजार पोखराका का प्रा वि तहमा अध्ययनरत अति विपन्न वर्गका १०० जना बिद्यार्थीहरूलाई जुत्ता मोजा वितरण गरेको छ । अति बिपन्न बर्गका बिद्यार्थीहरुलाई जुत्तामोजा किन्न समेत धौ धौ भएकाले सहयोग गरिएको कार्यक्रम संयोजक एबं पोखरा १० का वडा सदस्य निशा मल्ल ठकुरीले पोखरा पोष्टलाई जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्य दिपक बहादुर थापा, सामाजिक अभियन्ता निर्मला कार्की भण्डारी, वडा सचिव महेन्द्र बहादुर खवास विधालयका शिक्षक तथा शिक्षिका एवं विधार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक निसा मल्ल ठकुरी तथा वडा सदस्य दिपक बहादुर थापाले संयुक्त रुपमा बिद्यालयका प्र अ बलराम गिरीलाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो । प्र अ गिरीले पुनः प्रा वि तह का इन्चार्ज बिजय लक्ष्मी कोइरालालाई हस्तान्तरण गरी कोइरालाको नेतृत्वमा सामाग्री वितरण गरिएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य विजय लक्ष्मी कोइराला ले राख्नु भएको थियो भने वडा सदस्य दिपक बहादुर थापा तथा वडा सदस्य निशा मल्ल ठकुरीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।बिद्यालयका प्रअ बलराम गिरीले धन्यवाद मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षिका लेकमाया पून ले गर्नु भएको थियो।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.