फागुन ६, पोखरा । निशान गाडीको लागि गण्डकी प्रदेशको एकमात्र प्रमुख विक्रेता प्रिमियम मोटर्स प्रालि पोखराले लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट गाडी किक्स पोखराको बजारमा भित्र्याएको छ । सोमबार उत्तमचोकमा रहेको सो रुममा एक कार्यक्रमका विच पोखरा महानगरका प्रमुख मान वहादुर जिसिको वाहुली वाट किक्स सार्वजनिक गरिएको हो।
किक्स गाडीको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी भागले ग्राहकहरुलाई आकर्षण गर्नेछ ।
अति राम्रा विशेषतासहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ लाख ९९ हजारमा उपलब्ध हुने प्रिमियम मोटर्सका निर्देशक मोहन गिरिले वताए ।
८ इन्चको टचस्कि्रन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा संचालन गर्न सकिन्छ साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल,भ्वाइस रिकग्निसन, गाडी स्टाटकोलागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको गिरिले जानकारी दिए।
यो एसयुभी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तिन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् ।
यसैगरी नयाँ निसान किक्स पर्ल हृवाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाईनेछन् ।
बिक्री प्रारम्भ गरिएको समारोहमा प्रिमियम मोटर्सका प्रवन्धक निर्देशक सिरोज विजय कोईरालाले विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्तासंग ल्याउन सकेकोमा खुशी व्यक्त गरे ।
‘यसले नेपालीको अभिरुचि पूरा गर्नेछ साथै यसबारे नेपालीहरुमा रहेको उत्सुकता पूरा गरेको छ र हामीलाई विश्वास छ र कार प्रेमी नेपालीहरुको मन जित्नेछ,’ उनले भने ।
यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरकेको ५ स्पीड म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ केनाइनडी डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् ।
यसको माइलेज क्षमता उत्तम मानिएको छ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरेको छ ।
कम्पनीले यसलाई ‘द इन्टिलीजेन्स एसयूभी’का रुपमा चिनाएको छ । ‘यसको डाइमेन्सन उत्कृष्ट छ । एक्सटेरियर निकै प्रिमियम खालको छ , ग्राउन्ड क्लियरेन्स, इन्टेरियर, सुरक्षा लगायतका फिचर उत्कृष्ट छन्,’ उनले भने, ‘मूल्यका हिसावले पनि यो गाडी विशेष हुनेछ ।’