राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कलिक काठमाडौंमा

0
1032

नेपाली राष्ट्रिय फुटबल टिका मुख्य प्रशिक्षक योहान कलिन बिहीबार नेपाल आइपुगेका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कलिन राष्ट्रिय टिली सम्हाल्न नेपाल आइपुगेका हुन्।

उनलाई दुई वर्षका लागि एन्फाले नेपाली राष्ट्रिय फुटबल टिलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महिना दिएको थियो। सम्झौताअनुसार उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीको नेतृत्व गर्नेछन्।

यस अघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो। पर्यटकीय भिसामा नेपालमा काम गरेका कोजीको श्रम स्वीकृति प्रक्रिया एन्फाले अघि नबढाउँदा उनले पर्यटकीय प्रवेशाज्ञामा नेपालमा काम गर्दै आएका थिए। गत भदौदेखि उनी नेपाल आउन पाएका थिएनन्। उनको सम्झौता भने गएको डिसेम्बरसम्मका लागि थियो।

कलिनले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए। योहानको नेतृत्वमा मछिन्द्रले उक्त वर्षको ‘ए’ डिभिजन लिग दोस्रो स्थानमा रहेर समाप्त गरेको थियो। कलिनले स्वीडेनको तेस्रो डिभिजन क्लबबाट व्यावसायिक प्रशिक्षण सुरु गरेका थिए।