मन्त्री अधिकारीको काजकिरिया अब चार दिनमै सकिने

0
1113

पोखरा , स् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने भएको छ। शुक्रबार पोखरामा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री अधिकारीका पारिवारिक सदस्य समेत रहेका नेकपाका नेता धनराज आचार्यले  भने , उहाँले परम्परालाई सुधार गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो’,सोही अनुसार अब उहाँको काजकिरिया चार दिनमै सकिने छ ।
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीकै चाहना अनुसार परिवारका सदस्यले अब चार दिनमै किरिया सक्ने निर्णय लिएको समेत उनले जानकारी दिए।
मन्त्री अधिकारीको निधन भएको तीन दिन बितिसकेको छ। २१ गते उनको किरियाकर्म सकिने छ।