जिपि कोईरालाको नवौं स्मृति दिवसको अवसरमा चिसाखोलाका बटुकहरुलाई भोजन

0
782

पोखरा,६ चैत । युगपुरुष स्वर्गिय गिरिजाप्रसाद कोईरालाको नवौं स्मृति दिवसको अवसरमा पोखरा १८ सराङकोटस्थित चिसाखोला वेदविद्याआश्रमका बटुकहरुलाई भोजन ग्रहण गराईएको छ ।
जिपि कोईराला फाउण्डेशन कास्कीको आयोजनामा मंगलवार आश्रममा रहेका ७२ जना बटुकहरुलाई भोजन ग्रहण गराईएको हो । कार्यक्रममा बोल्दै जिपि कोईराला फाउण्डेसनका गण्डकी प्रदेशका संयोजक शारदा पौडेलले नेपाली कांग्रेशका पूर्वसभापति एवं प्रधानमन्त्री समेत रहेका कोईरालाका सपना पूरा गर्न प्रजातन्त्रवादीहरु सदैव लागिपर्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा फाउण्डेशनका गण्डकी प्रदेशका उपसंयोजक राजेन्द्रनिधी कोईराला, अग्नीहोत्री वेदगुरु पण्डित केदारनाथ उपाध्याय तिमिल्सिना, फाण्डेशनका सल्लाहाकार यमनाथ तिमिल्सिना, दिपेन्द्र पराजुली, फाउण्डेशनका सदस्य विजयराज आचार्य, वेदहरी तिमिल्सिना, नेपाल शिक्षक संघ कास्कीका सचिव राजु क्षेत्री, नेपाली कांग्रेश पोखरा १८ का सभापति शिवप्रसाद तिमिल्सिना, विद्याश्रमका प्राचार्य श्रीराम तिमिल्सिना लगायतले स्वर्गिय गिरीजाप्रसाद कोईरालाले प्रजातन्त्र, शान्ति र विकासमा गरेका योगदानहरुको चर्चा गरेका थिए ।
फाउण्डेशनका कास्की संयोजक यादवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचीव मोतिराज तिमिल्सिनाले गरेको जानकारी सदस्य पिताम्वर भण्डारीले दिए