होलीको अवसरमा बाल गृहलाई खाद्यान्न सहयोग

0
1053

हेटौँडा/ फागु पूर्णिमा अर्थात होलीको अवसरमा नेपाल अटो तथा ई रिक्सा व्यवसायी संघ, मकवानपुरले बाल गृहलाई खाद्यान्न सहयोग गरेको छ ।
संघले हेटौँडा उपमहानगरपालिका ५ स्थित ग्रामीण जीवन स्तर सुधार मञ्चले सञ्चालन गर्दै आएको हाम्रो घर, बाल गृहलाई खाद्यान्न सहयोग गरेको हो ।


संघले होली पर्व हर्षोल्लासका साथ मनाउन सहयोग पुगोस् भनेर सहयोग गरेको जनाएको छ । चामल, दाल, चिनी, चिउरा, नुन, तेल, बिस्कुटलगायतका खाद्यान्न सहयोग प्रदान गरिएको संघका महासचिव महासचिव नवराज घिमिरेले जानकारी दिनुभयो ।
सहयोग प्रदान कार्यक्रममा अटो तथा ई रिक्सा व्यवसायी संघ अध्यक्ष भीमप्रसाद गौतम, उपाध्यक्षहरु मनोज लामिछाने र बद्रिप्रसाद ढकाल, कोषाध्यक्ष बसन्तकुमार न्यौपाने, कार्य समिति सदस्य विकास लम्साल, विपना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा बाल गृहमा आश्रित बालबालिकासँग होली खेलर शुभकामना आदान प्रदान गरिएको थियो