मौसममा खरावी, सचेत हुन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह

0
1246

शुक्रबारदेखि नै मुलुकको मौसममा खरावी आएको छ । शनिबार बिहान एकाएक अँध्यारो भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले घर बाहिर निस्कँदा सचेत भएर बाहिर निस्कन आग्रह गरेको छ । मौसममा खरावी आएपछि महाशाखाले सचेत हुन आग्रह गरेको हो ।

मौसमविद्हरुले पश्चिमी बायूको असरले गर्दा नै पहिलेको तुलनामा मौसम बिग्रिएको बताएका छन् ।

त्यसैगरी महाशाखाले देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हुरी बताससहितको वर्षा हुने जनाएको छ ।