चट्याङले लागेर एकको मृत्यु दुई घाइते

0
688

भद्रपुर। आज बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको छ। मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।

धाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ। बिहान ८ बजे खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भीर घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा प्रकाशको मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए। झापामा दुई साताअघि मात्र अर्जुनधारा नगरपालिकामा घरमै बसिरहेका अवस्थामा चट्याङ लागेर दुईजना घाइते भएका थिए।

रासस,