अत्तरिया । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रको सेवा गर्छु भनि सपथ खाएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्नेमा जोड दिएका छन । । जिल्ला समन्वय समिति कैलालीले आयोजना गरेको स्वागत तथा अन्तरत्रिmया कार्यक्रममा उनले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जान नमान्नेलाई कारवाही गरिने बताए ।
उनले कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था रहेको उल्लेख गर्दै भने, “गुनासो सुनुवाइ समिति छ, जायज गुनासोमा सम्बोधन हुन्छ ।”
कर्मचारी समायोजनका कारण तीन वटै तहका सरकारका काममा केही अप्ठेरो परिरहेको जानकारी गराउँदै उनले एकअर्काको मर्म बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनले समायोजनको काम नसकिएसम्म भर्ना खोल्ने बाटो नखुल्ने भएकाले असारसम्म टुङ्ग्याउन जरुरी रहेको उल्लेख गरे ।
।
Home ब्रेकिङ्ग न्युज राष्ट्रको सेवा गर्छु भनि सपथ खाएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्छ :...
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.