कास्की । अनाथ बालबालिकाको सहयोगार्थ पोखरामा भोली शनिबार हुन लागेको सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ ।
। ‘सेभ द चिल्ड्रेन,सेभ द नेसन’ को आयोजनामा हुने साँगीतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नेपालको चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रममा महानायक राजेश हमाल, गायक शिव परियार, गायिका मेलिना राई, लोकदोहोरी गायक प्रकाश सपुत ,चोलेन्द्र पौडेल, गायकद्वय सन्तोष बस्याल, सन्तोष सुवेदी सहित नेपाल आइडलकी गोल्डेन माईक विजेता निलिमा थापामगरको प्रस्तुति रहने छ ।
कार्यक्रममा महानायक राजेश हमालले नेपालमा अझै पनि बालअधिकार स्थापित हुन नसकेको भन्दै अनाथ तथा असहाय बालबालिकाकाको सहयोगका लागि आफु सधै साथ दिन तयार रहेके बताए । गायक शिव परियारले गीत संगीतको माध्यमबाट असाहाय बालबालिकाको सहयोगका लागि जोडिन पाउँदा खुषि लागेको बताए । मनोरञ्जनको वातावरण मार्फत सामाजिक काम प्रति उत्तरदायि भएर लाग्न पाउँदा आनन्द मिल्ने बताए । नेपालका टुहुरा अनाथ असहाय बालबालिकाको सहयोगार्थका निम्ति आयोजना हुन गईरहेको सांगीतिक कार्यक्रममा आफुले प्रस्तुति राख्न पाउँदा धन्य भएको उनको भनाई थियो । उनले शनिबार पोखरा उद्योग बाणिज्य संघको हलमा दिउसो १ बजेबाट सुरु हुने साँगीतिक कार्यक्रममा सहभागी हुन समेत सम्पुर्ण पोखरेलीलाई आग्रह गरे । कार्यक्रम संयोजक कमल पौडेलले यो केवल साँगीतिक कार्यक्रम मात्र नभई बालबालिकाको हितका निम्ति हामी पनि एक ईट्टा थप्छौ भन्ने हेतुले आयोजना गरिएको कार्यक्रम भएकाले सबै पक्षको साथ र सहयोग मिल्ने अपेक्षा राखे । कार्यक्रम बाट आम्दानी भएको सम्पुर्ण रकम गण्डकी प्रदेशमा रहेका अनाथ तथा असहाय बालबालिकाका लागि खर्च गरिने पौडेलले बताए ।