कास्की ।नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बर्तमान सरकारका कारण आम नागरिकले दुःख पाएको बताएका छन । नेपाली कांग्रेस सार्दीखोला इकाईद्धारा निर्मित बीपी स्मृति भवनको शुक्रवार उद्घाटन गर्दै सभापति देउवाले ओली सरकार बनेपछि देशमा हत्य हिंसा र वलात्कारका घटना बढिरहेका छन् , सरकार अपराधिलाई कारवाही गर्दैन नेता देउवाले भने । सरकार लाचार वनेको वताउँदै देउवाले भने ,अव कांग्रेसले सरकारका गलत क्रियकलापको खवरदारी गर्छ । पार्टी भित्रका मनमुटाव हटाउँदै पार्टीलाई संगठित पार्ने काममा पनि आफू लागि परेको उनले दावी गरे । केन्द्रीय सदस्य धनराज गुरुङले वालुवाटारको जग्गा समेत हडप्ने कम्युनिष्ट नेताहरु इतिहासमा कलंक सावित भएको टिप्पणी गरे । उनले वर्तमान प्रधानमन्त्री ओलीको मिठो वोली भित्र भ्रष्ट चरित्र भएको आरोप लगाए । करिब ९० लाखको लागतमा सभाहल सहितको ४ कोठे भवन निर्माण गरिएको गाउँ इकाइका अध्यक्ष गुञ्जमान गुरुङले पोखरा पोष्टलाई जानकारी दिए ।भवन निर्माणका लागि पूर्व अध्यक्ष आशवहादुर गुरुङले ८ आना जग्गा दिएका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.