नासों गाउँपालिकाको प्रकाशज्योति माध्यमिक विद्यालयलाई देशको नमूना विद्यालयको रुपमा निर्माण गर्न गाउँपालिका अध्यक्षलाई सुझाव

0
721

धारापानी / नेपाली कांग्रेस मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले नासों गाउँपालिकाको थोँचेमा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयको निरिक्षण गरी देशको नमूना विद्यालयको रुपमा निर्माण गर्न गाउँपालिका अध्यक्षलाई सुझाव दिएका छन् ।

नेपाली कांग्रेस पार्टीको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न सभापति गुरुङको नेतृत्वमा मनाङ पुगेका संघीय सांसद कर्मा घले, गण्डकी प्रदेशका सांसद चिन्ता घले, अभियानका लागि नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेस महाविवेशन प्रतिनिधि साङदो लामालगायतले विद्यालयका आवासीय विद्यार्थीहरुलाई सो अवसरमा जुस, विस्कुट र चकलेट वितरण गरेका थिए ।

नेपाली कांग्रेस मनाङ जिल्ला सभापति पूर्व राज्यमन्त्री गुरुङले विद्यालयको निरीक्षण गरी शिक्षक एवं विद्यार्थीहरुको मनोभवाना बुझ्नुका साथै विद्यालयको भौतिक अवस्थाको समेत अनुगमन गरेपछि विद्यालयका प्रधानाध्यापक पद्मराज पन्थीको कार्याकक्षमा एक छलफल कार्यक्रम सञ्चालन गरिएको थियो । नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले सञ्चालन गरेको उक्त छलफलमा पूर्व श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङसँगै सहभागि संघीय सांसद कर्मा घले, गण्डकी प्रदेशका सांसद चिन्ता घले, नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि साङदो लामा, जिल्ला समन्वय समिति मनाङका अध्यक्ष यज्ञप्रसाद घले, नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्र गुरुङ, नारफु गाउँपालिका उपाध्यक्ष बाबा लामा तथा स्थानीय जनप्रतिनिधिहरुको बीचमा विद्यालय व्यवस्थापनको विषयमा बहुपक्षीय धारणा आदान प्रदान गरिएको थियो ।

यसै शैक्षिक सत्रदेखि अन्य ८ वटा विद्यालयका विद्यार्थीहरुलाई आवासीय सुविधासहित नमूना विद्यालय निर्माण प्रकृया थालनी गरिएको उक्त विद्यालयको आर्थिक अवस्थाको बारेमा सहभागीहरुले चासोका साथ विद्यालयका प्रधानाध्यापक पन्थीसँग विभिन्न जिज्ञाषा राखेका थिए । उक्त कार्यक्रममा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आवासमा रहेका विद्यार्थीहरुका लागि शाकाहारी खानपानको व्यवस्था गर्न सल्लाह दिएका थिए । आवासीय सेवामा खटिएका कर्मचारीहरुलाई सल्लाह दिदै उनले भने ‘बालबालिकाहरुलाई सानै उमेरदेखि साकाहारी खानपानतर्फ झुकाव बढाउन सके भविष्यमा यसले एउटा सकारात्मक रुप लिन सक्नेछ । खानपानमा पोषिलो तत्व साकाहारी पदार्थमा पनि प्रसस्तै पाईने र विश्वभर साकाहारीको लहर आउन थालेको अहिलेको अवस्थामा विद्यालयका आवासमा पनि साकाहारी खानपानको व्यवस्था गर्नु उचित हुन्छ । सकेसम्म नेपालकै नमूना विद्यालय निर्माण गर्न अभियानमा यस्तो विषयलाई प्राथमिकता दिन सके उचित किसिमको सन्देश बाहिर जान्छ र यसले सकारात्मक रुप लिन सक्छ ।’

कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक गुणस्तरसँगै खेलकूद विकासका लागि पनि आवश्यक भूमिका निर्वाह गर्न पूर्व राज्यमन्त्री गुरुङले गाउँपालिकालाई सुझाव दिए । सो अवसरमा विद्यार्थीहरुलाई आवश्यक पर्ने खेलकूद पोषाक (स्पोट्र्स ट्रयाक) उनले ब्यक्तिगत रुपमा आपूmले उपलब्ध गराउने घोषणा गरेका थिए । विद्यार्थीहरुको उक्त पोषाक सिलाउन आवश्यक पर्ने नाप लिएर जतिसक्दो आपूmलाई पठाईदिन विद्यालय व्यवस्थापनलाई निर्देशन समेत दिएका पूर्व मन्त्री गुरुङले विद्यालय के गर्दा देशको नमूना बन्न सक्छ ? यसको अध्ययन गरेर श्रोत जुटाउन आपूm तयार रहेको बताए ।

लोकतन्त्रको दिवस पारेर नेपाली कांग्रेस पार्टीले सञ्चालन गर्न लागेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनले देशभरी स्थगित भएपछि सोही कार्यक्रम सञ्चालन गर्न मनाङ पुगेका जिल्लाका उच्च नेताहरु राजधानी फर्किएका छन् ।

तस्विर नवीन लामिछाने