अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले यसैवर्षदेखि वितरण गर्ने गरी अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरेको छं । प्रत्येक वर्ष वितरण गरिने सो पुरस्कारको राशी पच्चिस हजार पाँच रुपैया नगद, कदरपत्र र दोसल्ला रहेको छ ।
प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनौट समिति गठन भएको छ । समितिको सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहाकार अधिवक्ता हरीप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका सल्लाहाकार यमनाथ साप्कोटा र समितिका अध्यक्ष ललित गुरुङ रहनु भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत् समाचार प्रकाशन तथा प्रसारण गर्ने एक जना सञ्चारकर्मीलाई सो पुरस्कारबाट पुरस्कृत गरिने समितिका अध्यक्ष ललित गुरुङले बताउनु भयो ।
पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्धारा आँउदो जेठ १६ देखि २० सम्म घान्द्रुकमा आयोजना हुने दोश्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समयमा वितरण गरिने समितिका मिडिया संयोजक टंकराज अधिकारीले जानकारी दिनु भयो
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.