‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’ भनेर दिएको धम्की प्रति महासंघको ध्यानाकर्षण

0
853

पोखरा । मंगलबार इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारीकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा दिएको धम्कीप्रति पत्रकार महासंघ जिल्ला शाखा सुनसरीसँगै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमिति र जिल्ला शाखाले समेत  गम्भीर ध्यानाकर्षण जनाएको छ । जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा प्रमुख चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’ भनेर धम्की दिएको प्रति महासंघले ध्यानाकर्षण जनाएको हो । पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका महासचिव रमेश विष्टले यस विषयमा जिल्ला शाखा र प्रदेश स्तरमा समेत छलफल भईरहेको भन्दै प्रदेश शाखाले आवश्यक परेमा उपमहानगरपालिकाका प्रमुखबाट नै असुरक्षित रहेकोले सो उपमहानगरपालिकाको कुनै कार्यक्रममा उपस्थित नहुनेसम्मको निर्णय हुनसक्ने बताएका छन् ।
राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासंघको ठहर छ । महासंघ घटनाको घोर भत्र्सना गर्दै धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्न वातावरण बनाई यस्ता घटना नदोर्या्उनेतर्फ ध्यान दिन महासंघ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको हो।