धरानका पत्रकार निर्घात कुटिएको घटना प्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

0
601

 

काठमाडौं । धरानका पत्रकार दिलबहादुर राई कार्यस्थलमै   निर्घात कुटिएको घटना प्रति  नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
। नेपाल पत्रकार महासंघ धनकुटाका कार्यकारी सदस्य तथा स्थानीय टेलिभिजनका प्रमुख राईलाई मंगलबार राति कार्यालयमा काम गरिरहेको अवस्थामा केही युवाले धारिलो हतियारले आक्रमण गरी घाइते बनाएको घटना प्रति प्रेस युनियनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।  युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आक्रमण मौलाउँदो दण्डहिनाताको नमुना हो । समाचार लेखेकै भरमा पत्रकार राईलाई आक्रमण गरी घाईते बनाएको घट्नाको हामी घोर भत्र्सना र विरोध गर्दै तत्काल आक्रमणकारीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग गर्दछौं बिज्ञप्तिमा भनिएको छ। टाउँकोमा गम्भीर चोट लागेको राईको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ ।