पोखरा । पोखरा १७ विरौटामा रहेको बालोदय माविमा एक दिवसीय उत्प्रेरणा तालिम शुक्रबार सम्पन्न भएको छ ।
विद्यार्थीहरुमा सकारात्मक उर्जा विकाश एवं सकारात्मक सोँचको विकाश गराई सर्वाङ्गीण विकास गराउने अभिप्रायका साथ विद्यार्थी मोटिभेशनल कार्यक्रम गरिएको विद्यालयका संस्थापक प्राचार्य दुर्गादत्त पँगेनीले जानकारी दिए । बालोदय मावि र सन राईज कम्प्यूटर विरौटाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा मोटिभेशनल स्पिकर रमण भट्टराईले सहजिकरण गरेका थिए । कार्यक्रममा करिब २०० जना विद्यार्थीको सहभागिता थियो ।
विद्यार्थीहरुमा रहेको आत्मविश्वासको बृद्धि, सकारात्मक उर्जा, जीवन प्रतिको दृष्टिकोण, सहयोगी भावनाको बृद्धि, शिक्षामा प्रविधिको प्रयोग, देशप्रेम र बहुआयामिक व्यक्तित्व विकाशका विषयमा प्रशिक्षण दिईएको प्राचार्य पगेनीले बताए ।
प्राचार्य पगेनीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा सनराईज कम्प्यूटर ईन्सिटच्यूटका सञ्चालक विश्वास भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्लस टू संयोजक नारायण पोखरेलले गरेका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.