पोखराको बीच सडक भासिए पछि

0
895

पोखरा महानगरको   चिप्लेढुंगामा विपी कोइरालाको शालिक आडको  बीच सडक  भासिएको छ । सडक भासिएपछि वडा नम्बर ४ ले मर्मत थालेको वडाध्यक्ष शंकर बास्तोलाले बताए । सडकमा भ्वाङ परेपछि यातायात डाईभर्ट गरिएको छ। खानेपानीको पाईप लिक भएर जमिन भासिएको इञ्जिनियरहरु बताउँछन् । शुक्रबार दिनभरी ठूलो पानी परेका कारण त्यही पानी जमिनमा छिरेर भासिएको महानगरका बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले पोखरा पोष्टलाई जानकारी दिएका छन । बिच सडकको सुरुमा सानो भ्वाङ देखियो। पछि एस्काभेटरले खन्दै जाँदा ठूलो भ्वाङ भेटिएको हो । पोखरा महानगरको  नदीपुरदेखि चिप्लेढुंगा र न्यूरोड तथा नयाँबजार क्षेत्र कमजोर माटोले बनेको भूगोलविद्हरुको भनाई छ ।जहाँ बेला बेलामा जमिन भासिने गर्दछ ।