गुठी विधेयक खारेज नगरेसम्म आन्दोलन रोकिदैन :बज्राचार्य

0
582

 

काठमाडौं। सम्पदा अभियन्ता पवित्र बज्राचार्य गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै उनले  खारेजको घोषणा आउनुपर्ने बताए।
गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने उनको भनाई छ  ।‘गुठी अक्षयकोष जस्तै हो माँस्न खोजियो उनले भने , हजारौं वर्ष देखि चलिआएको संस्कृति माँस्ने चलखेल भइरहेकाले जनता स्वतस्फूर्त सडकमा उत्रिए । नेपालको इतिहासमा गैर राजनीतिक मुद्यामा यति ठूलो आन्दोलन नउठेको भन्दै गुठीसम्बन्धि विधेयक जनविरोधी भएकाले जनता उठेको बताए ।
बज्राचार्यले भूमाफियालाई जग्गा हडप्ने वातावरण निर्माण गर्न सरकारले ल्याएको विधेयक सहायक बन्ने भन्दै त्यसलाई रोक्न आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । सांस्कृतिक सम्पदाको रक्षा र सम्वद्र्धनको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाई छ ।