.पोखरा २५ हेमजाको वडा कार्यालयमा चोरी

0
1454

हेमजा ।
पोखरा महानगरपालिका वडा नं. २५ को वडा कार्यालय हेमजामा गएराती चोरी भएको छ । वडा कार्यालयको मेनगेटमा लगाइएको ताला फोरी चोरी गरेकोे जनाईएको छ । कार्यालयबाट २ वटा कम्प्यूटर सेट, १ थान मोनीटर, नगदी रसिद राखेको झोला चोरी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डि.एस.पी. राजकुमार के.सीले जानकारी दिनुभयो । त्यस्तै ७ वटा टेबलको घर्रा, ८ वटा कोठा, ७ वटा दराज फोरिएको छ । वडा कार्यालय सँगै रहेको खानेपानी संस्थान हेमजा कार्यालयको पनि ताला फोरिएको छ भने त्यहाँबाट कुनै पनि सामाग्री चोरी भएको छैन । सुनियोजित तवरबाट ठुलै गाीरोहले चोरी गरेको हुन सक्ने वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले जानकारी दिनुभयो । साथै आफ्नो घर टोलमा कुनै यस्ता क्रियाकलाप हुन लागेको शंका लागेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरि दिनुहुन र आफ्नो घरमा तालाचावी बलियो सँग लगाउन तिमिल्सिनाले अनुरोध गर्नुभयो ।
वडा कार्यालयको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षागार्ड राख्न तथा सि.सी.टि.भी क्यामेरा जोड्न पनि लगाईएको र छिट्टै कार्यान्वयन हुने प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेलले जानकारी दिनुभयो । यसभन्दा अगाडि वडा नं. १३, ५, १२, ३१ लगायतका वडा कार्यालयहरुमा चोरी भैसके पनि हालसम्म चोर पत्ता लागेको छैन ।