पोखरा ।महिला उधमशिलता, आजको आवश्यकता भन्ने उदेश्यका साथ पोखरा – १० मा वडा स्तरिय सौन्दर्य कला ब्युटिपार्लर तालिम शुरु भएको छ ।तालिमको उद्घाटन गर्दे पोखरा १० का अध्यक्ष राजकुमार गुरुङले महिला उद्यमशिलता बढाउनका लागि सिपमुलक तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रम संयोजक वडा सदस्य निसा मल्ल ठकुरीले महिलाहरुको आर्थिक शसक्तिकरणका लागि तालिम आयाजना गरिएको बताईन । ,वडा कार्यक्रममा वडा सदस्य दिपक बहादुर थापा, सम्मर बहादुर श्रेष्ठ, प्रशिक्षक बबिता केसी कार्की, पंचकोसी समाज का अध्यक्ष कमल गुरुङ, रामघाट महिला समूह की अध्यक्ष अनिता तिमिल्सिना लगायतले बोलेका थिए ।तालिममा १६ – ३५ वर्ष उमेर समुहका महिला सहभागी छन । कार्यक्रम संयोजक वडा सदस्य निसा मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दिपक बहादुर थापा ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सामाजिक अभियन्ता निर्मला कार्की भण्डारीले गरेकी थिइन् ।