ओ.पि.डि सेवा ब्यबस्थापन अस्पतालको मुख्य समस्या : क्षेत्रिय अस्पताल पोखराका निर्देशक डा. आचार्य

0
1676

सरिता तिम्सिना पगेनी
पोखरा । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले  ओ.पि.डि सेवा ब्यबस्थापन अस्पतालको मुख्य समस्याको रुपमा रहेको बताएका छन । मंगलबार पोखरा पोष्ट संग कुरा गर्दे उनले अस्पतालमा बिरामीहरुको चाप अत्याधिक रहेको तर  ओ.पि.डि सेवा संचालन गर्ने ठाँउको अभाबका कारण बिरामीहरुले दुःख पाएको समेत बताए । धेरै बिरामीहरुले गुनासो गर्नुहुन्छ निर्देशक आचार्यले भने ठाँउको अभाबका कारण केहि गर्न सकिएको छैन ।नेपाल सरकारले आ.व. २०७५ । ०७६ देखि  जिल्ला जनस्वास्थ्य कार्यलय र क्षेत्रिय स्वास्थ्य निर्देशनालय नरहने भन्ने निर्णय गरेको छ । अस्पताल हाता भित्र अस्पतालकै स्वामित्वको जग्गामा जिल्ला जनस्वास्थ्य कार्यलय र क्षेत्रिय स्वास्थ्य निर्देशनालय रहेका छन । जिल्ला जनस्वास्थ्य कार्यलय र क्षेत्रिय स्वास्थ्य निर्देशनालयका भवनबाट प्रतिष्ठानका सम्पुर्ण प्रशासनिक तथा परिक्षा सम्बन्धी कार्यहरु संचालन गर्ने र हालको प्रशासकीय भवनमा अस्पतालका केहि ओ.पि.डि सेवा संचालन गर्न सके मात्र पनि ओ.पि.डि सेवा ब्यबस्थापन गर्न सहज हुने निर्देशक आचार्य बताउछन् ।
गत बर्षको असार २८ गते  जिल्ला जनस्वास्थ्य कार्यलय र क्षेत्रिय स्वास्थ्य निर्देशनालयको भवन उपलब्ध गराइ दिन गण्डकी प्रदेशका मुख्य मन्त्री , कास्कीका प्रमुख जिल्ला अधिकारी,पोखरा महानगरपालिका ,लगायतका कार्यलयहरुलाई  अनुरोध गरिएको भएता पनि हालसम्म त्यसको कुनै सुनुवाई नभएको निर्देशक आचार्यले पोखरा पोष्ट संग दुखेसो पोखे ।  उनका अनुसार  अस्पतालमा दैनिक हजार भन्दा बढी  बिरामी   देशका बिभिन्न ठाँउबाट स्वास्थ्य सेवा लिन  आउने गर्छन् । भौतिक पुर्बाधारको अभाब र  कम जनशक्तिका कारण पनि  अस्पतालले सेवाग्राहीलाई सोचे अनुरुपको सेवा दिन नसकेको निर्देशक आचार्यले बताए ।