सुदीप त्रिपाठी प्रतीक
विस्रवेन ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टर अस्ट्रेलियाको आयोजना तथा नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डको सहयोगमा आइतबार अस्ट्रेलियाको विस्रवेनमा २०६ औँ भानु जयन्ती मनाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले कविले टुक्रा टुक्रामा भन्दा पनि समग्रमा लेख्न सक्नुपर्ने बताउनुभयो । साथै उहाँले पहिले गजल, मुक्तक , हार्इुक जस्ता विधाहरुलाई साहित्यका विधा नै होइनन भन्ने अवस्थाको अन्त्य गर्दै अहिले तिनै विधाहरुले नेपाली साहित्यलाई बलियो बनाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपस्थित अतिथि एवम सहभागीहरुले आदिकवि भानुभक्त आचार्यको तस्विरमा पुष्पापर्ण गरेका थिए ।
गजलकार केशव शर्माले साहित्यकार सानु घिमिरे ज्योत्सनाको हालै प्रकाशित ‘सिड्नी सपना’ उपन्यास माथि टिप्पणी राख्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार विनोद भक्त आचार्यले भानुभक्तको रामायण तथा भानुको परिचयका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, गजलकार केशव शर्मा, साहित्यकारहरु सानु घिमिरे, त्रिपुरा पौडेल, रमेश न्यौपाने, बसन्त सुवेदी, राजन कोइराला, गोविन्द बराल, सुर्दशन दाहाल, राजेश्वरी रेग्मी आचार्य, गिरीराज खनाल, तारा अधिकारी, भरतराज पौडेल, सफल घिमिरे, इशा शर्मा कोइराला, डिल्लीराज पौडेल, राजेन्द्र अधिकारी, सुदीप त्रिपाठी प्रतीक, हरिराज अधिकारी, विक्रम तिमिल्सिना लगायतले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा पत्रकार विक्रम तिमिल्सनाले बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल सँग साहित्यीक संवाद समेत गर्नुभएको थियो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, क्वीन्सल्याण्ड च्याप्टर अस्ट्रेलियाका अध्यक्ष केशव शर्माले स्वागत राखेको कार्यक्रमको सञ्चालन सफल घिमिरेले गर्नुभएको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.